back
prabhu insurance
himalayanlife

सगरमाथा जलविद्युत कम्पनीको  बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको मंसिर १४ गतेको साधारणसभाले पारित गरेको ४.७५ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ।

लाभांश वितरण प्रयोजनका लागि कम्पनीले कात्तिक २६ गते बुक क्लोज गरेको थियो। कात्तिक २५ गतेसम्म कायम शेयरधनीहरूको डिम्याट खातामा बोनस शेयर पठाइएको शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडले जनाएको छ।

कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ्गमा सूचीकृत तथा दर्ता भई अभौतिक रूपमा कारोबार हुने व्यवस्था समेत भइसकेको छ।

साथै कात्तिक २५ गतेसम्म शेयर धितो राखेर कर्जा लिएका शेयरधनीले कर्जा चुक्ताको प्रमाणपत्र पेश गरेपछि बोनस शेयर डिम्याट खातामा पठाइने प्रभु क्यापिटलले जनाएको छ।