back
stc
prabhu insurance

‘सि’ डिभिजन लिगमा अमरसिंह क्लबका लागि मोजो बुटीकद्धारा जर्सी प्रायोजन

काठमाडौं ।  गत भाद्र १० बाट जारी शहीद स्मारक सी डिभिजन लिग प्रतियोगितामा बिभिन्न क्लबहरुले सहभागिता जनाएका छन् । ‘सि’ डिभिजन लिगमा अमर सिंह क्लव कागेश्वरीले पनि सहाभागिता जनाएको छ । कागेश्वरी मनहरा–७ बाट आउँदो असोज १३ मा गोकर्णेश्वर फुटबल क्लबसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

अमरसिंह क्लबका लागि काठमाडौंको पुरानो बानेश्वर हाइटमा रहेको मोजो बुटीक होटल एण्ड रेष्टुरेन्टले अमरसिंहका खेलाडि तथा अफिसियलका लागि जर्सी प्रायोजन गरेको छ ।

मेजो बुटीक होटलमा आयोजित कार्यक्रमा अमरसिंह क्लबका अध्यक्ष पुस्कर थापा र मेनेजर सरोजजंग थापालाई बुटीक होटलको लोगो सहितको जर्सी मोजो होटलका संचालक मनिष ढकालले हस्तान्तरण गरेका छन् ।

जर्सी बुझ्दै क्लबका पदाधिकारी थापाद्वयले नेपालको खेलक्षेत्रलाई पनि बिभिन्न माध्यमबाट अन्तराष्ट्रिय जगतसम्म पुर्याउन र खेलाडीलाई हौसला प्रदान गर्न यस्ता किसिमको सहयोग र प्रयासले महत्वपूर्ण भुमिका खेल्ने प्रष्ट प्रष्ट पारेका थिए ।

बिगतमा पनि मोजो बुटिकले समाजका सकारात्मक क्रियाकलापमा सहभागिता र सहयोग गर्दै आइरहेको छ । आगामी दिनमा पनि यस्ता गतिविधिमा सहयोग गर्ने बुटीक हेटलका संचालक मनीष ढकालले बताए ।

सिमित खेलाडी सहित बर्षौं पहिला स्थापना भएको अमरसिंह क्लबले बिगतमा बर्षमा पनि धेरै प्रतियोगिताहरुमा सहभागिता जनाइसकेको छ ।

अमरसिंह र गोकर्णेश्वर क्लबको खेल सातदोवाटो खेल मैदानमा असोज १३ मा हुदैछ । शहीद स्मारक सी डिभिजन लिग अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा संचालन भैरहेको छ ।