मेस्सीको गोलमा म्यानचेस्टर सिटीमाथि पीएसजीको जित

एजेन्सी । युइएफए च्याम्पियन्स लिगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । गएराति भएको खेलमा पीएसजीले सिटीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
पीएसीलाई जित दिलाउनको लागि अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सी र इड्रिसा गाना गुआईले समान एक–एक गोल गरे । पीएसजीले पहिलो हाफमा एको गोल गरेको थियो भने अर्को गोल दोस्रो हाफमा थप्यो ।
खेलको आठौं मिनेटमा इड्रिसा गाना गुआईले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । उनले एमबाप्पेको पासमा गोल गरेका थिए । ७४औं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । उनले पनि एमबाप्पेकै पासमा गोल गरेको थिए । यो पीएसजीको लागि मेस्सीको पहिलो गोल हो ।
सिटीलो गोल गर्ने अवसहरु पाए पनि गोल गर्न भने सकेन । योसँग पीएसजीले सिटीविरुद्धको हारको श्रृंखला तोडेको छ । यसअघि पीएसजीले सिटीसँग चार खेल खेल्दा ३ हार र एक बराबरीको नतिजा निकालेको थियो ।
यो नतिजापछि पीएसजी दुई खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा उक्लन सफल भएको छ । पराजित सिटी ३ अंक जोडेर तेस्रो स्थानमा छ ।
वि.सं.२०७८ असोज १३ ०७:३८