back
stc
prabhu insurance

बङ्गलादेश साफ च्याम्पियनसिपमा माल्दिभ्ससँग २–० ले पराजित

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा घरेलु टिम माल्दिभ्सले बङ्गलादेशलाई २–० गोल अन्तरले पराजित गरेको छ ।

मालेको राष्ट्रिय स्टेडियममा गएराति बङ्गलादेशलाई २–० गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले पहिलो जित निकालेको हो । माल्दिभ्सको जितमा हाम्जा मोहम्मद र अलि अस्फाकले एकरएक गोल गरे ।

खेलको ५५ औं मिनेटमा हाम्जाले गोल गर्दै माल्दिभ्सलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७४ औं मिनेटमा अस्फाकले पेनाल्टीमा गोल गर्दै माल्दिभ्सलाई २–० को जित दिलाएका हुन् ।

हिजो भएको पहिलो खेलमा भारत श्रीलङ्कासँग गोलरहित बराबरीमा रोकिएको छ । खेलमा भारतले धेरै अवसर पाए पनि गोल गर्न भने सकेन ।