back
stc
prabhu insurance

नेसल्स लिग : फ्रान्स बेल्जियमलाई हराउँदै फाइनलमा

एजेन्सी । बेल्जियमलाई पराजित गर्दै फ्रान्स युइएफए नेसल्स लिगको फाइनलमा पुगेको छ । गएराति भएको खेलमा बेल्जियमलाई ३–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

फ्रान्सलाई पूनरागमन जित जित दिलाउनको लागि करिम बेन्जेमा, केलियन एमबाप्पे र थियो हर्नान्डेजले समान एकरएक गोल गरे । बेल्जियमका यान्निक कारास्को र रोमेलु लुकाकुको गोल सान्त्वना बन्यो ।

३७औं मिनेटमा यान्निक कारास्कोले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । उनले केभिन डि ब्रुएनको पासमा गोल गरेका थिए । ४०औं मिनेटमा केभिन डि ब्रुएनकै पासमा लुकाकुले गोल गर्दै बेल्जियमको अग्रता दोब्बर पारे ।

६२ औं मिनेटमा बेन्जेमाले गोल गर्दै एक गोल फर्काए । उनले केलियन एमबाप्पेको पासमा गोल गरेका थिए । ६९औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

९०औं मिनेटमा हर्नान्डेजले गोल गर्दै फ्रन्सलाई पूनरागमन जित दिलाए । उनले बेन्जेमाको पासमा गोल गरेका थिए ।

अब फ्रान्सले उपाधिका लागि १० अक्टोवरमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । स्पेनले बुधबार राति इटालीलाई २–१ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।