विश्वकप आयोजक कतारमाथि पोर्तुगलको सहज जित

एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा पोर्तुगल र्विश्वकप आयोजक राष्ट्र कतारमाथि सहज जित निकालेको छ । गएराति भएको खेलमा पोर्तुगलले कतारलाई ३–० ले पराजित गरेको हो ।
पोर्चुगललाई सहज जित दिलाउनको लागि क्रिस्टियानो रोनाल्डो, जोस फोन्टे र आन्द्रे सिल्भाले गोल गरे ।
खेलको ३७औं मिनेटमा रोनाल्डोले गोल गर्दै पोर्तुगललाई अग्रता दिलाएका थिए । ४८औं मिनेटमा जोश फोन्टेले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे । ९०औं मिनेटमा आन्द्रे सिल्भाले गोल गर्दै पोर्चुगललाई ३–० को सहज जित दिलाए ।
वि.सं.२०७८ असोज २४ ०६:५४