back
hangrilabank
himalayanlife
stc

फ्रान्सले स्पेनलाई हराउँदै नेसन्स लिगको उपाधि जित्यो 

एजेन्सी । स्पेनलाई पराजित गर्दै फ्रान्सले युइएफए नेसन्स लिगको उपाधि जितेको छ । गएराति भएको खेलमा फ्रान्सले स्पेनलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

फ्रान्सलाई उपाधि दिलाउनको लागि करिम बेन्जेमा र केलियन एमबाप्पेले समान एक(एक गोल गरे । स्पेनका मिकेल ओयरजावालको गोल सान्त्वना बन्यो ।

६४औं मिनेटमा मिकेल ओयरजावालले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । उने कप्तान सर्जियो बुस्क्वेट्सको पासमा गोल गरेका थिए ।

तर स्पेनको अग्रता दुई मिनेट पनि टिकेन । ६६औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । बेन्जेमाले एमबाप्पेको पासमा गोल गरेका थिए ।

८०औं मिनेटमा एमबाप्पेले थियो हर्नान्डेजको पासमा गोल गर्दै फ्रान्सलाई २–१ को अग्रता दिलाए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा उपाधि फ्रान्सले जित्यो ।