च्याम्पियन्स लिग: बार्सिलोनाको पहिलो जित

एजन्सी । च्याम्पियन्स लिगमा बार्सिलोनाले पहिलो जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले डिनोमो किभलाई १–० गोल अन्तरले पारजित गरेको हो ।
जेरार्ड पिकेले गरेको गोलमा बार्सिलोना विजयी बन्न सफल रह्यो । ३६ औं मिनेटमा पिकेले गोल गरेका थिए । जोर्डी अल्बाको क्रसमा पेनाल्टी बक्समा अनमार्क रहेका पिके गोल गर्न सफल भएका थिए ।
च्याम्पियन्स लिगमा बार्सिलोनाले पहिलो पटक सुरुवाती दुई खेलमा गुमएको थियो । यसअघि बार्सिलोना र बेनफिका दुवैसँग बार्सिलोना समान ३–० पराजित भएको थियो ।
जितसँगै बार्सिलोना ३ अंकका साथ तेस्रो स्थानमा रहेको छ । शीर्षस्थानको बायर्नको ६ अंक र बेनफिकाको ४ अंक छ ।
वि.सं.२०७८ कात्तिक ४ ०९:१८