मोन्चेनग्लाडबाकसँग बायर्न म्युनिख ५–० ले पराजित

एजेन्सी । डिएफबी कपमा बोरुसिया मोन्चेनग्लाडबाकले बायर्न म्युनिखमाथि सानदार जित निकालेको छ । गएराति भएको खेलमा मोन्चेनग्लाडबाकले बायर्नलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।
मोन्चेनग्लाडबाकलाई सानदार जित दिलाउनको लागि ब्रिल एम्बोलो र रामी बेन्सबाइनिले २–२ गोल गरे । कउडियो कोनेले १ गोल थपे । खेलको दोस्रो मिनेटमा नै कउडियोले गोल गर्दै मोन्चेनग्लाडबाकलाई अग्रता दिलाएका थिए । खेलको १५ अौं मिनेटमा बेन्सबाइनिले गोल गर्दै मोन्चेनग्लाडबाकको अग्रता दोब्बर पारे ।
खेलको २१ अौं मिनेटमा बेन्सबाइनिले नै पेनाल्टीमार्फत गोल गर्दै ३–० ले अघि बढाए । लुकास हर्नान्डेजबाट ब्रिल एम्बोलोमाथि पेनाल्टी क्षेत्रभित्र फल गरेपछि पेनाल्टी दिएको थियो । ५१ अौं मिनेटमा एम्बोलोले गोल गर्दै मोन्चेनग्लाडबाकलाई ४–० को अग्रता दिलाए । ५७ अौं एम्बोलोले नै गोल गर्दै मोन्चेनग्लाडबाकलाई ५–० को सानदार जित दिलाए ।
हारसँगै बायर्न प्रतियोगिताबाट बाहिरिएको छ । बायर्नले पहिलो रोजाइका खेलाडी उतारेपनि प्रशिक्षक जुलियन नागल्सम्यान भने उपस्थित थिएनन् । उनलाई कोरोना संक्रमण भएको छ ।
वि.सं.२०७८ कात्तिक ११ ०६:४६