back
prabhu insurance
himalayanlife

रोबर्ट लेवान्डोस्कीसँग तीन वर्षको सम्झौता गर्न बार्सिलोना सहमत

एजेन्सी। स्पेनिस ला लिगा क्लब बार्सिलोना पोल्याण्डका स्टार रोबर्ट लेवान्डोस्कीलाई अनुबन्ध गर्न सहमत भएको छ।

जर्मन क्लब बायर्न म्युनिखबाट बुन्डेसलिगामा तहल्का मच्चाइरहेका स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्की अनुबन्ध गर्न बार्सिलोना सहमत भएको हो।

बार्सिलोना वार्षिक ९ मिलियन युरोमा ३३ वर्षीय लेवान्डोस्कीलाई तीन वर्षको लागि सम्झौता गर्न सहमत भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।