back
stc
prabhu insurance

पिएसजीको विजयी सुरुवात

एजेन्सी( पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नयाँ सिजनको फ्रेन्च लिग वानमा विजयी सुरुवात गरेको छ। शनिबार राति भएको खेलमा पिएसजीले घरेलु टोली क्लेरमन्ट फुटमाथि ५(० को सानदार जित निकालेको हो।

पिएसजीको जितमा लियोनल मेसीले दुई, नेयमार, अचरफ हाकिमी र मार्किन्होसले एक(एक गोल गरे।खेलमा पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल भएको हो।

खेलको नौँ मिनेटमा नेयमारले गोल गरी पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए। हाकिमीले २६ औँ मिनेटमा गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे। मार्किन्होसले ३८ औँ मिनेटमा गोल गरी पिएसजीलाई ३(० ले अगाडि बढाए। मेसीले ८० र ८६ औँ मिनेटमा गोल गरी पिएसजीलाई सानदार जित दिलाए।

कमजोर प्रदर्शन गरेको क्लेरमन्टले एक गोल पनि गर्न सकेन। जितसँगै साविक विजेता पिएसजीले ३ अंक जोडेको छ।