नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको राष्ट्रिय फुटबल टोलीनेपालमा
काठमाडौँ । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको राष्ट्रिय फुटबल टोली नेपाल आइपुगेका छन् ।
बंगलादेशको टोलीलाई अखिल नेपाल फुटबल संघका पदाधिकारीले स्वागत गरेका थिए ।
नेपाल र बंगलादेशबीच असोज ११ गते दशरथ रंगशालामा एक मैत्रीपूर्ण खेल हुनेछ ।
बंगलादेशले बिहीबार कम्बोडियासँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा बंगलादेश १–० ले विजयी भएको थियो ।
वि.सं.२०७९ असोज ८ १९:५०



















