म्यानचेस्टर सिटी एफए कप स् चेल्सीलाई हराउँदै सिटी चौंथो चरणमा
म्यानचेस्टर सिटी एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ । आइतबार राति चेल्सीलाई ४० गोल अन्तरले हराउँदै सिटीले चौंथो चरणको यात्रा तय गरेको हो ।
सिटीलाई जित दिलाउन रियाद महरेजले दुई गोल गरे । जुलियन अल्भारेज र फिल फोडेनले एक(एक गोल गरे ।
खेलको २८ औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । खेलको ३० औं मिनेटमा अल्भारेजले पेनाल्टीबाट गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए ।
खेलको ३८ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीको अग्रता तेब्बर बनाए । त्यसपछि खेलको ८५ औं मिनेटमा महरेजले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ४–० को जित दिलाए ।
वि.सं.२०७९ पुस २५ ०७:४०




















