रियलले आत्मघाती गोल गर्दा बार्सिलोना विजयी
स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना विजयी भएको छ ।
बिहीबार राति भएको पहिलो लेगमा बार्सिलोनाले रियल मड्रिडलाई १–० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा रियलका इडर मिलिटाओले आत्मघाती गोल गरेपछि बार्सिलोना विजयी भएको हो ।
मिलिटाओले खेलको २६ औँ मिनेटमा आत्मघाती गोल गरेका थिए । अब दुई टोलीबीचको दोस्रो लेग अप्रिल ५ मा हुनेछ । दोस्रो लेग बार्सिलोनाको घरेलु मैदानमा हुनेछ ।
वि.सं.२०७९ फागुन १९ ०७:३१




















