back
stc
prabhu insurance

२० वर्षमुनिको महिला एसियनकप छनोटमा नेपालले आज प्यालेस्टाइनसँग खेल्दै

काठमाडौं।२० वर्षमुनिको महिला एसियन कप छनोटमा नेपालले आज प्यालेस्टाइनसँग खेल्दैछ ।समूह बी मा रहेको नेपाल र घरेलु टोली प्यालेस्टाइनबीचको खेल फैजल हल हुसेइनी इन्टरनेशनल स्टेडियममा स्थानीय समय अनुसार दिउँसो ३ बजे सुरु हुनेछ ।

नेपाली टोली केही समयअघि साफ च्याम्पियनसिपमा उपविजेता थियो । कप्तान प्रिती राईले दोस्रो चरणमा पुग्नका लागि राम्रो प्रदर्शन गर्ने बताइन् ।

यस्तै प्रशिक्षक याम बहादुर गुरुङले नेपालले राम्रो प्रदर्शन गर्दै दोस्रो चरणमा छनोट हुने विश्वास व्यक्त गरेका छन् । समूह बी मा नेपालसँगै यूएई र नर्दन मारियाना आइल्याण्ड रहेका छन् ।

समूहको विजेता बन्ने टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणबाट ४ टिम फाइनल चरणमा छनोट हुनेछ । २० वर्षमुनिको महिला एसियनकप सन् २०२४ को मार्च ३ देखि १६ सम्म उज्वेकिस्तानमा हुनेछ ।