back
prabhu insurance
himalayanlife

प्रिमियर लिगमा सिटीले चेल्सीलाई हरायो

इंग्लिस प्रिमियर लिग फुटबलमा च्याम्पियन बनिसकेको म्यानचेस्टर सिटीले जित निकालेको छ। आइतबार राति भएको खेलमा सिटीले चेल्सीलाई १–० गोल अन्तरले हराएको हो।

सिटीको जितमा जुलियन अल्भारेजले निर्णायक गोल गरे।अल्भारेजले खेलको १२ औँ मिनेटमा गोल गरेका थिए । खेलको ७१ औँ मिनेटमा अल्भारेजले गरेको दोस्रो गोलले भने मान्यता पाएन्।

गोलअघिको फाउलको कारण भीएआरले उनको गोललाई मान्यता नदिएको हो । यस जितसँगै सिटीले ३६ खेलमा ८८ अंक जोडेको छ।चेल्सी ४३ अंक जोडेर १२ औँ स्थानमा रहेको छ ।