back
prabhu insurance
himalayanlife

एन्फाको साधारणसभा बस्दै, अध्यक्ष र महासचिवले अविश्वासको प्रस्ताव सामाना गर्ने

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभा बस्दैछ। बाग्मती प्रदेशको राजधानीमा हेटौडामा आज बस्ने साधारण सभामा अध्यक्ष पंकजविक्रम नेम्वाङ विरुद्ध परेको अविश्वासको प्रस्तावको बारेमा छलफल हुनेछ।

गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्नु पर्ने भन्दै लिखित निवेदन दिएका थिए।

नेतृत्वमा पुगेको एक वर्ष नपुग्दै अध्यक्ष र महासचिव विरुद्ध बर्खास्तको माग आएपछि आजको साधारण सभामा अध्यक्ष नेम्वाङ र महासचिव राईले अविश्वास प्रस्तावको सामाना गर्दैछन्।

एन्फाको नेतृत्वमा कुल १०५ सदस्य रहेका छन्, जसमध्ये साधारणसभामा ८६ सदस्यसँग मात्र मताधिकार रहेको छ।