back
prabhu insurance
himalayanlife

एसियन कपको उपाधि कतारले जिते

एएफसी एसियन कपको उपाधि कतारले जितेको छ। गएराति लुसेल स्टेडियममा जोर्डनलाई ३–१ गोलले पराजित गर्दै कतार च्याम्पियन बनेको हो।

तीनवटै गोल पेनाल्टीमार्फत गरेको हो। २२ औँ मिनेट, ७३ औँ मिनेट र ९० मिनेटपछि थपिएको समयको पाचौँ मिनेटमा कतारले पेनाल्टीमार्फत गोल गरेको थियो।

तीन वटै पेनाल्टी सदुपयोग गर्दै कतारका अक्रम अफिफले ह्याट्रिक गरे।जोर्डनका यजन अल नइमतले ६७ औँ मिनेटमा उत्कृष्ट गोल गरेका थिए।

एसियन कपको आयोजक राष्ट्रसमेत रहेको कतारले समूह चरणमा लेबनान, ताजिकिस्तान र चीनलाई हराएको थियो।

अन्तिम १६ मा प्यालेस्टाइनविरुद्ध जित निकालेको कतारले क्वाटरफाइनलमा उज्बेकिस्तानलाई र सेमिफाइनलमा इरानलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो।