back
stc
prabhu insurance

यूरोकप २०२४: पोर्चुगलको जितमा रोनाल्डोको नयाँ कीर्तिमान

कप्तान क्रिस्टियानो रोनाल्डोको नयाँ कीर्तिमानमा यूरोकप २०२४ अन्तर्गत समूह ुएफु मा टर्कीविरुद्ध सहज जित हासिल गर्दै पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ।

शनिबार सम्पन्न खेलमा पोर्चुगलले टर्कीमाथि ३–० गोलको सहज जित हासिल गरेको हो। पोर्चुगलको जितमा बर्नाल्डो सिल्भा र ब्रुनो फनान्डेसले समान एक एक गोल गरे।

अर्को गोल भने उपहार पाएको थियो।यस खेलमा गोल नगरेपनि कप्तान रोनाल्डोले नयाँ कीर्तिमान भने कायम गरेका छन्। यस खेलमा तेस्रो गोलको लागि ब्रुनोलाई पास उपलब्ध गराएसँगै युरोकपमा सर्वाधिक गोलको लागि पास दिने खेलाडीको कीर्तिमान कायम गरेका हुन्।

छौटौंपल्ट युरोकप खेलिरहेका रोनाल्डोले सर्वाधिक आठ गोलको लागि पास उपलब्ध गराएका छन्। पहिलो हाफमा २–० को अग्रता बनाएको पोर्चुगलले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो।

पोर्चुगलका लागि खेलको २१औँ मिनेटमा बर्नाल्डो सिल्भाले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि २८औँ मिनेटमा पोर्चुगलले उपहार गोलमार्फत खेलमा २–० को अग्रता बनायो।

५५औँ मिनेटमा ब्रुनोले रोनाल्डोको पासमा गोल गरेपछि पोर्चुगल ३–० ले विजयी भयो। दुई खेलमा दुई जित हासिल गरेको पोर्चुगल छ अंकसहित शीर्ष स्थानमा रहेर समूह विजेता हुँदै अन्तिम १६ मा प्रवेश गरेको छ। यसअघि पहिलो खेलमा पोर्चुगलले चेक रिपब्लिकविरुद्ध २–१ गोलको जित हासिल गरेको थियो।