back
stc
prabhu insurance

सन् २०२५ को ओलम्पिक खेलकुद साउदी अरेबिया हुने

काठमाडौं । सन् २०२५ को ओलम्पिक खेलकुद साउदी अरेबियामा आयोजना गर्ने अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले घोषणा गरेको छ।

आइओसीले साउदी अरेबियाको राष्ट्रिय ओलम्पिक समिति (एनओसी) सँग साझेदारी गर्न लागेको घोषणा गरेको सिन्ह्वाले जनाएको छ ।

सन् २०२४ को पूर्वसन्ध्यामा आयोजना हुने आइओसीको बैठकले खेलकुद आयोजना हुने शहर छनोट, कार्यक्रमको निश्चित समय, समावेश हुने उपाधि, खेलाडीको योग्यता प्रक्रिया निर्णय गर्नेछ ।

आइओसीका अनुसार ओलम्पिक खेलका लागि सङ्गठनात्मक र वित्तीय मोडेल पनि परिमार्जन गर्ने घोषणा गरिएको छ ।