back
hangrilabank
himalayanlife
stc

त्यति सहज छैन निधिलाई देउवाको उत्तराधिकारी बन्न

विगत दुई दशकदेखि शेरवहादुर देउवासँगसँगै रहेका नेपाली कांग्रेसका सादगी नेता स्व. महेन्द्रनारायण निधिका पुत्र विमलेन्द्र नीधिले नेपाली कांग्रेस पार्टीको सभापति जित्छु भनेरै आसन्न १४ औं महाधिवेशनमा उम्मेदवारी घोषणा गरेका छन् ।

सभापतिको उम्मेदवार बनेका मध्ये सवैभन्दा पहिले वानेश्वरको महंगो र सुविधा सम्पन्न पार्टी प्यालेसलाई सम्पर्क कार्यालय बनाएका नेता निधिको बारेमा अहिले प्रश्न विभिन्न प्रश्न गर्न थालिएको छ ।

पार्टी सभापति शेरवहादुर देउवासँग अलग भएर कांग्रेसका दुई पारिवारिक लिगेसी बोकेका नेता महामन्त्री डा. शशांक कोइराला र प्रकाशमान सिंहसँग पाँचौ चरणको छलफल गरेर सोही क्याम्पबाट अधिवेशन लडछु भनेपछि दुई पटक दिल्ली पुगिसकेका निधि निकै हतारमा देखिन्छन ।

देउवासँग अलग हुने वित्तिकै कांग्रेसका संस्थापक नेताहरु वीपीपुत्र डा. शशांक कोइराला, गणेशमान पुत्र प्रकाशमान सिंहसँग उनले धेरै चरणमा सम्वाद पनि गरिसकेका छन । सामुहिक तस्वीर सहित सामुहिक भोज पनि गरिसकेका छन ।

सकभर तीन राजकुमारको एकल उम्मेदवार तय गर्ने उनको चाहना पनि प्रकट भइरहेकै थियो साथै सभापति देउवाले डाकेको गुटगत भेलामा वुढानिलकण्ठ पनि पुगेका नै थिए । सभापति उम्मेदवारीको सवैभन्दा पहिला सम्पर्क कार्यालय पनि उनैले खोलेका छन ।

यसका वाजुद पनि अनेकौं प्रश्न उनैमाथि थुप्रिदै आएका छन् । भनिदैछ–के उनी यो रेशका जित्ने घोडा हुन रु वा सहभागिता जनाउने पात्र मात्र ?

कांग्रेसजनलाई राम्रोसँग हेक्का छ–निधि यसपटक अधिवेशन जित्दैनन । देउवा क्याम्प भित्रका असन्तुष्टहरूलाई समेटदै भावी १५ ओैं महाधिवेशनमा सुरक्षित हुन खोज्दैछन्।

यो कुरा र तथ्य अरु त अरु स्वयम निधिलाई पनि थाहा छ । तैपनि उनी किन सभापति उम्मेदवार बन्न मच्चिएका छन रु प्रश्न उठने गरेको छ। यसमा दुई  थरि तर्क बजारमा छन् । एकथरि भन्छन–निधिले महाधिवेशनको अन्तिम समयमा देउवासँग हाल उपसभापतिमा निरन्तरता दिने र १५ ओैं महाधिवेशनमा देउवाको उत्तराधिकारी बनाउने सहमति गरेर पछि हटछन ।

अर्को थरि भन्छन–निधि उठछन,हार्छन र यसैको माध्यमबाट एउटा अलग गुट बनाएर अर्को महाधिवेशनको लागि ठाउँ सुरक्षित गर्छन ।

सवैका आ–आफना तर्क, आंकलन र मुल्यांकन छन निधि प्रति । तर,खासमा निधि स्वयम चाहिं के गर्छन रु सवाल यो हो । निधिको खास नीति सभापति देउवालाई गलाउने हो ।

उनी सकभर देउवालाई कमजोर देखाउने र भावी सभापति उम्मेद्वार बन्नबाट ब्याक गराउने मुडमा देखिन्छन । यसो भएमा संस्थापन पक्षकै उम्मेदवार आफू हुन सकिने उनको भित्रि योजना रहेको देखिन्छ ।

यसको लागि भारतको सदाशयता लिनकै लागि उनी बेलाबेलामा दिल्लि दौडमा छन् । यति गर्दा पनि देउवा पछि नहटे चुनाव लडने र गुट स्थापित गर्ने रणनीतिमा छन । किनभने यो पटक उनले गुट बनाएनन भने अर्को महाधिवेशनमा डा।शेखर कोइराला,डा. शशांक कोइराला वा प्रकाशमान सिंह वा संस्थापनकै अर्को उम्मेदवारले उछिन्नेछन र कहिल्यै पनि सभापति हुन पाउने छैन भन्ने विश्लेषण निधिको छ ।

खासमा भन्ने हो भने निधि अस्तित्व रक्षाको दौडमा लागेका हुन्। तर,के निधिको उम्मेदवारीले देउवापछि हटछन तरु यो प्रश्न कमजोर किन देखिन्छ भने आजको मिति सम्म पनि कांग्रेसमा देउवा नै सवैभन्दा बलिया उम्मेदवार हुन ।

रामचन्द्र पौडेल समूहमा स्वयम रामचन्द्र पौडेल देउवाको कारणले नभई उनकै टिमका अन्य सदस्यले नेता नमानेर हैरान छन । यधपी उनले आज संस्थापन इतरको एउटै टिम बनाएर जाने उदघोष गरेका छन्,तर त्यसको आघार देखिदैन ।

पौडेल समुहका नेता पौडेल होइनन । यसमा उनी बाहेक डा. शशांक कोइराला,प्रकाशमान सिंह,डा. शेखर कोइराला, डा. रामशरण महत, अर्जुननरसिंह केसी, बल बहादुर केसी,कल्याण गुरुङ सबै नेता हुन ।

यदि उनीहरुले पौडेललाई नेता मानेको भए डा. शशांक, प्रकाशमान, डा.शेखर देखि कल्याण गुरुङ्गसम्म कसरी सभापतिको उम्मेदवार दावी गरिरहेका छन ? यो भनेको रामचन्द्र पौडेलको असक्षमता नै हो ।

इतर पक्ष भित्र यो अवस्था सिर्जना गर्न सक्नु देउवाको राजनीतिक सक्षमता हो । यस्तो सुन्दर अवस्था भएको बेलामा देउवा कसरी ब्याक हुन्छन रु त्यसैले आज पनि पौडेल समूह महाधिवेशन चाहदैन, महाधिवेशन हुन नदिन अनेकौं बखेडा र क्रियाशिल सदस्यता विवाद झिकि रहेको छ । किनभने यसै पनि पल्लाभारी देउवा अहिले प्रधानमन्त्री समेत भएपछि झन पल्लाभारी भएका छन ।

तर, जसोतसो समूह जोगाउन र अस्तित्व जोगाउन निधि मैदानमा देखिएका छन । नत्र रामचन्द्र पौडेल, रामहरि जोशी, चिरञ्जीवी वाग्ले वा ढुण्डीराज शास्त्रीको हालत हुने उनले देखिसकेका छन ।

उनले बिर्सेको एउटा कुरा छ–कांग्रेसको सात दशकको इतिहासमा मधेशी नेता महामन्त्री देखि कोषाध्यक्षसम्म मात्र भएका छन तर सभापति नै चाहि भएका छैनन्। नेपालका जनमतले यो अनुमति दिन्छ रु दिदैन। तराई मधेशको केही क्षेत्रीय जनमतले मात्र सभापति बन्न नसकिने कुराको हेक्का निधिलाई हुनुपर्ने हो।

नेविसंघमा काकतालि परेर २०३६ सालमा देउवाको उत्तराधिकारी बनेकै आघारमा अहिले निधिले पार्टीको पनि उत्तराधिकारी बन्ने सोचेका हुन भने त्यो दिवास्पन मात्र हुनेछ। यति सांकेतिक कुरा बुझे निधिको आगामी जीवन झन सजिलो हुनेछ ।