वायुसेवा र पर्यटन अन्तसम्वन्ध

संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई नहुने एउटा माध्यम पर्यटन पनि हो र पर्यटनलाई बढावा दिने मुख्य साधन यातायात हो । यातायात विना पर्यटन–विकासको कल्पनै गर्न सकिँदैन । यातायातको असुविधाकै कारणले गर्दा पहाडी राष्ट्रहरुमा विकासको गति अत्यन्त मन्द हुन्छ । यस्ता राष्ट्रहरुमा यातायातका स्थलसाधनहरु विकट पहाडी क्षेत्रहरुमा पु¥याउन अत्यन्त कठिन र जोखिमपूर्ण हुन्छ । त्यसैले त्यस्ता क्षेत्रहरुमा हवाई साधनको व्यवस्था गर्नु आवश्यक पर्दछ । तर हवाईसाधनको व्यवस्था गर्नु पनि महँगो पर्दछ । नियमित उडान गराउन विविध समस्याका कारणले गर्दा अत्यन्त कठिन हुने भए तापनि त्यस्ता राष्ट्रहरुमा स्थल यातायात भन्दा हवाई यातायात नै चाँडै व्यवस्था गर्न सकिन्छ ।
नेपालको भूधरातललाई दृष्टिगत गर्दा हवाई–यातायातलाई पर्यटन–प्रवद्र्धनका लागि प्रयोग गर्नु हाम्रो आवश्यकता र चुनौती दुवै हो । यसका लागि सरकारी नियन्त्रणको नेपाल वायुसेवा निगमलाई सबल बनाउनु प्रथम कर्तव्य हुन आउँछ । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्नु मात्र होइन, यातायातको सुविधा नभएका ठाउँहरुमा उपभोग्य वस्तुको ढुवानी गर्नु पनि हवाईसेवाको कर्तव्य हो ।
अत्यन्तै न्यून भूभाग मात्र सुगम र अत्यधिक भूभाग दुर्गम रहेको हाम्रो राष्ट्रमा अझैसम्म पनि कतिपय सुगम मानिने ठाउँहरुमा समेत यातायातसेवा पु¥याउन सकिएको छैन । हिमाली र पहाडी भेगमा पर्ने धेरैजसो स्थानहरु यातायातको सुविधाबाट वञ्चित रहेका छन् । धेरै जस्तो जिल्लाहरुमा त सडकले छोएको समेत छैन । यो स्थिति राष्ट्रकै लागि लाजलाग्दो कुरा हो ।
विकासको गतिलाई तीव्र बनाउने हो भने नेपालका हिमाली र पहाडी भेगका सबै ठाउँहरुमा यातायातको विस्तार गर्नु अत्यावश्यक देखिन्छ । हिमाली प्रदेशमा राजमार्गको निर्माण गर्नुपर्ने प्रस्ताव भरखरै आएको छ । सरकारको इच्छाशक्ति, विश्वसनीयता र जनपरिचालन हुने हो भने यो काम कठिन र असम्भव हुँदै होइन । नेपालको पर्यटन–विकासमा यातायातका यस्ता पक्षहरुले अहम् भूमिका खेल्न सक्छन् ।
एकातिर नीति निर्माणतहमा रहेका व्यक्तिहरुको अदूरदर्शिताको कारणले गर्दा आन्तरिक तथा बाह्य दुवै प्रकारका पर्यटकहरुले समुचित सेवा पाउन सकिरहेका छैनन् भने अर्कातिर नेपालभित्रको आन्तरिक राजनीतिक द्वन्दबाहेक सिधा बाटो नपाएर पनि विदेशी पर्यटकहरु नेपाल आउन पाइरहेका छैनन् ।
तर अहिले परिस्थिति केही फेरिएको र राजनीतिक परिस्थिति पनि केही सङ्लो भएकोले अब पर्यटकहरुको सङ्ख्यामा उल्लेख्य रुपमा बृद्धि हुने आशा सबैमा पलाएको छ । नेपाल वायुसेवा निगमले विश्वका ठूला–ठूला वायुसेवा निगमहरुले उडान गर्ने दोहा, दुवई र रियादसँग सिधा हवाई सम्पर्क भएकोले युरोप र अमेरिकाका पर्यटकहरु नेपाल आउन सजिलो भएको हुँदा पर्यटकहरुको सङ्ख्यामा उल्लेख्य रुपमा बृद्धि हुने आशा पलाउनु पनि स्वाभाविकै हो ।
खाडी राष्ट्रहरुमा काम गरिरहेका करिब १० लाख नेपाली मजदुरहरुको आवतजावतमा पनि यो उडानले सुविधा पु¥याएको छ । दुबई, रियादसँग सिधा हवाई सम्पर्क भइरहेको कारणले गर्दा विदेशी पर्यटकहरुले भारत हुँदै नेपाल आउनुपर्ने बाध्यता पनि हट्न गएको छ । निगमले आफ्नो ध्वजावाहक विमानहरुको संख्यामा बढोत्तरी गरेर नियमित उडान सेवा गरेर राष्ट्रका लागि यसलाई ठूलो उपलब्धि मान्नुपर्छ ।
हाम्रो जस्तो हिमालै हिमाल र पहाडै पहाडले भरिएको मुलुकमा विदेशी पर्यटकहरुलाई भिœयाउन सक्नु र उनीहरुबाट विदेशी मुद्रा प्रशस्त आर्जन गर्न सक्नु हाम्रो प्रमुख कर्तव्य हो । यो कर्तव्यको निर्वाह गर्ने प्रमुख माध्यम नै हवाईसेवा हो । पर्यटन–उद्योग नै देश विकासको मेरुदण्ड भएको हुनाले र पर्यटन–उद्योगको विकास हवाईसेवाको क्रियाकलापमा नै निर्भर रहेको हुनाले यसको उचित संरक्षण र व्यवस्थापन गर्नु अत्यावश्यक छ । अनि मात्र पर्यटनक्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्न र राष्ट्रको उन्नति गर्न हामीलाई सजिलो पर्ने छ ।
पर्यटन–व्यवसायका लागि सबैभन्दा ठूलो वरदान बनेको हवाईसेवाले, विश्वलाई साँगुरो पार्दै लगी एउटा सानो गाउँमा परिणत गराउन अहम् भूमिका खेलेको छ । यसैले गर्दा विश्वमा हवाईयात्रुहरुको सङ्ख्यामा क्रमशः बढोत्तरी भइरहेको छ । अहिले प्रत्येक वर्ष लाखौं व्यक्तिहरुले आन्तरिक हवाईयात्रा गरिरहेका छन् ।
हवाईसेवाकै कारणले पर्यटनलगायत सबै मुख्य बजारले उच्च बृद्धि हासिल गरेको छन् भने चीन, हङकङ, इटाली र जर्मनीले आफ्ना उत्पादनहरु दोब्बरकै सङ्खयामा बृद्धि गरिसकेको छन् । विश्व–पर्यटनबजारको आम्दानीमा बृद्धि भई ८०० अरब डलरको हाराहारीमा पुगिसकेको छ । दक्षिण एसियाले कूल आम्दानीको नेपालले १ प्रतिशत मात्र पाउन सके तापनि यसबाट युरोप र अमेरिकाको आम्दानीमा मनग्गे बृद्धि भएको छ । चीनले पनि उल्लेखनीय वृद्धिको अभिलेख राखिसकेको छ ।
नेपालले पनि हवाईसेवाबाट आय–आर्जन गर्न त गरिरहेको छ, तर कमिसनतन्त्र, राजनीतिक द्वन्द, राजनीतिक हस्तक्षेप र समुचित व्यवस्थापनको अभावको कारणले गर्दा अपेक्षित लाभ लिन सकिरहेको छैन । विदेशी पर्यटकहरुको सङ्ख्यामा गिरावट आई भारतबाट नेपाल आउने पर्यटकमा समेत प्रशस्त सङ्ख्यामा कमी आइदिएकाले पनि नेपाललाई केही समस्या देखापरेको छ । अहिले न्यूनतम विदेशी मुद्रामात्र पर्यटन–व्यवसायबाट नेपालले आम्दानी गर्ने गरेको छ ।
बीस वर्षअघिदेखि हवाई यात्रुहरुको सङ्ख्या विश्वमा नै बढिरहेको छ । हवाई यात्रुहरुको सङ्ख्या बढेपछि सडक यात्रुहरुको सङ्ख्याचाहिँ घटिरहेको छ । सडकयात्राले भन्दा हवाईयात्राले पर्यटकलाई बढी सुविधा दिएको कारणले यस्तो भएको हुन सक्छ । हवाईयात्राको प्रतिशत लगातार बढिरहेझैं सडकयात्राको प्रतिशतचाहिँ लगातार घटिरहेछ । हवाई यातायताका क्षेत्रमा यो शुभसङ्केत हो । युरोपबाहेक अरु सबै क्षेत्रको पर्यटक–परिवहनमा हवाई यातायातको प्रयोग ५० प्रतिशतभन्दा बढी नै हुने गरेको छ ।
विश्वभरका मूल १.७ अरब पर्यटकहरुले हवाईयातायात मार्फत आफ्नो यात्रा तय गर्ने गरेको अभिलेख छ । उता एसिया र प्रशान्तक्षेत्रका हवाईसेवाहरुले आफ्नो परिवहनक्षमता विगतको तुलनामा झन्डै १० प्रतिशतले बढाएका छन् । यिनलाई ७५ प्रतिशतको विश्वव्यापी अनुमानको भन्दा अलि बढी नै अर्थात् ८० प्रतिशत यात्रुभार प्राप्त भइरहेको छ ।
विश्वको हवाई यातायातको विकासको क्रमसँगसँगै हवाई यात्राको लागत कम गर्ने पद्धतितिर पनि ध्यान दिन थालिएको छ । आगामी दिनहरुमा हवाईसेवा र पर्यटनमा अरु चाप थपिई चर्को प्रतिस्पर्धा हुने स्थिति भएकोले लागत कम गर्नेतर्फ ध्यान जान थाल्नु स्वाभाविक पनि हो ।
हवाई यातायातका क्षेत्रमा नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा बोइङ्ग ७७७ र एयरबस ३३० सम्म उत्रिने समेत क्षमता भैसकेको हुँदा अब बढ्दो परिवहन धान्न विमानस्थलहरुको आफ्नो धावनमार्गलाई पनि अझै बृद्धि गर्नुपर्ने भएको छ । यसका साथसाथै द्रुत टिकेटिङ र उच्च अनुगमनको सुविधा पनि पूरा गर्नुपर्ने भएको छ ।
पर्यटकीय कागजातको द्रुत व्यवस्थापनको जरुरी समेत पर्ने भएको छ । इन्टरनेटको व्यापक प्रयोग गरी समयानुकूल हुनु पनि आवश्यक छ भने ट्राभल एजेन्टहरुले टेकिङ्ग एजेन्सीहरु वैकल्पिक वा इच्छाधीन सेवाहरुको पर्याप्तताले गर्दा सोहीअनुरुप यात्रुहरुले पनि बढी मोलाहिजा र बार्गेनिङ गर्ने हुनाले त्यसप्रतिको भूमिका पनि साँच्चै महŒवपूर्ण हुने हुरा स्पष्टै छ ।
नेपालको पर्यटन–व्यवसायलाई अग्रगति दिनका लागि नेपाल वायुसेवा निगम, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल पर्यटन बोर्ड, निजीस्तरका हवाई–कम्पनीहरु तथा विभिन्न ट्राभल एजेन्सी, टेकिङ्ग एजेन्सी, नेपाल पर्वतारोहण संघ, यातायात व्यवसाय र होटलहरुको महŒवपूर्ण भूमिका रहेको कुरामा कुनै शङ्का छैन ।
अन्य विभिन्न सङ्घ–संस्थाहरुको पनि प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सम्बन्ध रहेको छ । तर सम्बन्धित सम्पूर्ण निकायहरुका बीचमा आवश्यक समन्वय र सामन्जस्य हुन नसक्ता त्यसले पर्यटन–व्यवसायलाई असर पारेको छ र अस्वस्थ प्रतिस्पर्धाको कारणले आफ्नो लक्ष्यप्राप्तिका लागि कठिनाइ भइरहेको छ ।
परिस्थिति यसरी अघि बढ्दै गइरहेको भए तापनि अस्वस्थ प्रतिस्पर्धाले गर्दा हवाईसेवाकै क्षमता घटाएको अनुभव पनि गर्नुपरेको छ । लागतको तुलनामा गुणस्तरीय सेवा घट्दै गइरहेको अनुभव पनि हुन थालेको छ । आन्तरिक सेवा–अपरेटरहरुले गठबन्धनतर्फ ध्यान नपु¥याएकाले यो समस्या खडा भएको भनाइ सम्बन्धित विज्ञहरु व्यक्त गर्न थालेका छन् ।
युक्तिसङ्गत र राम्रो वित्तीय नीति लिएर द्वेष र दम्भलाई हटाउने हो भने तथा अनियमितताले कुनै अस्तव्यस्तता नल्याओस् भन्ने हेतुले सम्बन्धित सरकारहरुले आकाशमा नियम लगाउने हो भने यो समस्याबाट मुक्ति पाउन सकिन्छ भन्ने खालका सुझावहरु सम्बन्धित सरकारहरुलाई दिन थालिएको पनि छ ।
सरकारी नीतिनिर्धारण गर्नेहरु, चालकदल, हवाई–कम्पनीमा काम गर्ने कर्मचारीहरु, हवाई–कम्पनीका मालिकहरु, सरकारी निगमको व्यवस्थापन पक्षसँग सम्बन्धित व्यक्तिहरु र उड्डयनसँग सम्बन्धित व्यक्तिहरुका दृष्टिकोणहरुमा समन्वय र सामन्जस्य ल्याउन नसकेसम्म र राष्ट्रिय हितमा ती सबैलाई प्रयोग गर्न नसकेसम्म आन्तरिक र बाह्य दुवै पर्यटनको एवं पर्यटन–व्यवसायको समेत भविष्य उज्वल बनाउन अत्यन्त कठिन पर्ने कुरामा कुनै विवाद हुन सक्तैन ।
नेपालको अधिकांश भूभाग पहाड र पर्वतले भरिएको छ । त्यसैले यहाँ उड्डयनको विशेष महŒव छ । नेपालमा हाल ६० वटा विमानस्थलहरु छन् र तीमध्ये २५ वटा विमानस्थलको कालोपत्र भइरहेको छ र अन्य ३५ वटा कच्ची विमानस्थलहरु छन् । रातीको समयमा पनि उडान भर्न सक्ने ७ वटा विमानस्थलहरु छन् । ती सबै विमानस्थलहरुलाई संरक्षण गरेर समुचित ढङ्गले उपयोग गर्ने हो भने त्यसले नेपालको पर्यटनक्षेत्रलाई धेरै फाइदा पु¥याउने छ ।
आगामी दिनहरुमा नेपालमा विदेशी पर्यटकहरुको सङ्खया बढ्ने कुरा निश्चितप्रायः भएकाले विमानस्थलहरुलाई जुनसुकै समयमा पनि प्रयोग गर्न सकिने स्थितिमा राखिरहनु आवश्यक छ ।
नेपालमा पूर्णरुपले व्यवस्थित अन्तर्राष्ट्रिय विमानस्थल हुनु अत्यन्त आवश्यक भइसकेको छ । पोखरा विमानस्थल र भैरहवा विमानस्थल राम्रो सँग संचालन गर्नु पर्दछ । अर्कातिर नेपाल वायुसेवा निगमले पर्यटकहरुको कमी हुने जुनसुकै मुलुकसँग द्विपक्षीय हवाई–सम्झौता गर्नुको सट्टा पर्यटकहरु बढी हुने मुलुकहरुसँग बढी सम्बन्ध विस्तार गर्ने हो भने ४० वटा मुलुकको सट्टा त्योभन्दा कम मुलुकसँग भएको द्विपक्षीय हवाई–सम्झौताले पनि नेपालको पर्यटन–व्यवसायलाई ठूलो टेवा पुग्नेछ ।
नेपालका बारेमा समाचारहरु सम्प्रेषण गर्दा नवीन पद्धतिअनुरुप आकर्षक रुपबाट विदेशीहरुलाई समाचार–सम्प्रेषण गर्नु आवश्यक छ । विदेशमा रहेका निगमका कार्यालयहरुको व्यवस्थापन र अन्य पक्षमा कुनै कमजोरी रहेका छन् भने तिनलाई सुधार गरेर ती कार्यालयहरु मार्फत निगमले पर्याप्त मात्रामा प्रचार प्रसार गर्ने र नेपालका विषयमा उचित र जानकारीमूलक समाचारहरु सम्प्रेषण गर्न पनि सकिन्छ ।
ती कार्यालयहरुको प्रभावकारी भूमिकाबाट पनि नेपालले प्रशस्त वैदेशिक मुद्रा आर्जन गर्ने सम्भावना रहन्छ । नेपाल भित्र आउने अन्य विदेशी एयरलाईन्सबाट करिब ८० अरब रकमको कारोवार गर्दछ भने नेपाल वायुसेवा निगमले ४–५ अरब मात्र कारोवार गर्दछ नेपालले कमाउने रकम सबै अन्य एयरलाईन्सहरुले कमाउने गर्दछ ।
यसमा सरकारले ध्यान दिएको देखिदैन । सिट कुर्सीको लागि र आफ्नो स्वार्थको लागि यो देश ओरालो लागिसक्यो, त्यही पनि राजनितिक क्षेत्रमा लागेका व्यक्तिहरुको एकचोटी देशलाई पनि बनाउने तिर लाग्नु, सरकारले पर्यटन–उद्योगलाई मुलुकमा अन्य उद्योगहरुसरह प्रेरणा, न्यायिक सुरक्षा र सुविधा उपलब्ध गराई पूर्ण मान्यता दिनुपर्छ एवं निजी क्षेत्रसँगको कार्यगत सम्बन्ध सुदृढ बनाउँदै सरकारले मुलुकमा सर्वसाधारण जनता, उद्योग एवं पर्यटन क्षेत्रमा शान्तिसुरक्षाको प्रत्याभूति दिनुपर्छ । पर्यटनसँग सम्बद्ध व्यावसायिक सेवालाई प्रस्ट रुपले परिभाषित गरी एक–अर्काको क्षेत्रमा अनधिकार रुपमा गर्ने गरेका व्यावसायिक क्रियाकलापहरुको अविलम्ब अन्त्य गराउनेतर्फ पनि सरकारले संवेदनशील हुनु आवश्यक छ ।
नेपालभित्र रहेका गन्तव्य स्थलहरुमध्ये सम्बन्धित व्यवसायीहरुबाट समुचित सम्भाव्यता अध्ययन गराई नयाँ गन्तव्यस्थलहरुको प्रतिवेदन तयार पारी तिनलाई प्रचार–प्रसार गराउने हो भने त्यसले पनि धेरै फाइदा पु¥याउने छ । पर्यटन–प्रवद्र्धन गर्दा अन्तर्राष्ट्रिय परिप्रेक्ष्यलाई मात्र होइन, क्षेत्रीय प्रतिस्पर्धालाई पनि ध्यान दिँदै तदनुरुपको नीतिनिर्माण गर्नुका साथै अन्य सम्भावित मुलुकहरुमा बजार–प्रवद्र्धन गर्नुपर्छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक स्वरुप एवं सुविधाको विकासका लागि अविलम्ब उपयुक्त कदमहरु चालिनुपर्छ र खुला आकाशनीतिलाई कागजमा मात्र सीमित नराखी नियमित उडानहरुलाई प्राथमिकता दिई थप सुविधा र सहुलियत प्रदान गरिनुपर्छ ।
आन्तरिक हवाई–उडानमा यात्रुहरुको सुरक्षाको प्रत्याभूति दिनुका साथै निजी क्षेत्रबाट सञ्चालन हुने हवाई–कम्पनीहरुलाई थप इजाजत दिने तर्फ नियन्त्रण गर्ने तर यसका लगि समयानुकूल, दिगो र दीर्घकालीन परिप्रेक्ष्यमा राष्ट्रिय पर्यटननीति बनाउनु अपेक्षित छ । निजी क्षेत्रका पर्यटनसँग सम्बन्धित सङ्घ–संस्थाहरुको समानुपातिक प्रतिनिधित्वका आधारमा उच्चस्तरीय अधिकारसम्पन्न पर्यटन बोर्ड गर्नु र नेपाल पर्यटन बोर्डसँग त्यसले सामन्जस्य राखी काम गर्नु पनि आवश्यक छ ।
वि.सं.२०८० असार २७ २०:५९


















