back
hangrilabank
himalayanlife
stc

पर्यटन व्यवसायलाई संरक्षण गर्नुपर्ने

काठमाडौं । सरकारले कोरोना कहरका कारण थला परेका केही उद्यागी, उद्योगी व्यवसायीलाई सहुलियत पूर्ण ब्याजमा ऋण दिने व्यवस्था गरेको थियो, जसको सबैभन्दा धेरै पर्यटन व्यवसायी प्रयोग गरेका छन् । पर्यटन क्षेत्रमा पनि होटल व्यवसायीले सबैभन्दा धेरै सहुलियत ब्याजको ऋण लिएको तथ्यांक छ ।

तथ्यांक अनुसार १३४ होटल तथा रेष्टुराँले सहुलियत ब्याजको ऋण लिएका छन् । त्यस्तै केही ट्राभल तथा ट्रेकिङ एजेन्सी र एयरलाइन्सले पनि ऋण लिएका छन् ।

सरकारले १८ अर्ब १६ करोड रुपैयाँ पुनर्कर्जाका लागि पर्यटन क्षेत्रमा ब्याज अनुदान दिएको छ ।

नेपाल राष्ट्र बैंकले कुल १ खर्ब ४८ अर्ब १३ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्था मार्फत एकमुष्ठ ऋण प्रवाह गरेको थियो ।

होटल, रेष्टुराँ तथा रिसोर्टले ६ महिनाका लागि ३ प्रतिशत ब्याजदरमा ऋण पाएका थिए । उक्त ऋण लिनेले थप छ ६ महिनाका लागि एकपटक ऋण नवीकरण गर्न पाउने छन् ।

राष्ट्र बैंकको तथ्याङक अनुसार अहिलेसम्म ३४ ठूला होटल तथा रेष्टुराँले १० देखि २० करोड रुपैयाँसम्म ऋण लिएका छन् ।

ठूला वा आफ्नो स्वामित्वको घर भएका होटलले पुनर्कर्जा पाए पनि साना तथा मझौलाहरु र साना होटल व्यवसायीले ऋण नपाएको नेपाल होटल व्यवसायी संघ ९हान०का महासचिव साजन शाक्य बताउँछन् ।

त्यस्तै सबैजसो एयरलाइन्स कम्पनीले पुनर्कर्जा लिएका छन् । बुद्ध, यति, तारा, सिम्रिक, श्री एयरलाइन्स, फिष्टेल र सिम्रिक एयरले सातदेखि २० करोड रुपैयाँसम्म पुनर्कर्जा लिएका छन् । सिम्रिकबाहेक सबै एयरलाइन्सले २० करोड रुपैयाँ ऋण लिएका छन् ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई १ प्रतिशतमा र बैंकहरुले ऋणीलाई ३ प्रतिशतमा ब्याजदरमा कर्जा प्रवाह गरेका छन् ।