back
stc
prabhu insurance

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान सफल

पोखरा। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान सफल भएको छ। बुधबार राति विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज अवतरण भएको हो ।

काठमाडौंबाट ३३ जना यात्रु बोकेर आएको नाईन एन एएमई जेट इन्जिन जहाज राति ८।४५ बजे सफल अवतरण गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले जानकारी दिए।

पोखरा आएको जहाज पुनः यात्रु बाकेर काठमाडौं नै फर्किएको उनले बताए। जहाजले पोखराबाट ४६ जना यात्रु बोकेर पुनः काठमाडौं नै फिर्ता भएको छ।

खराब मौसमका कारण ढिलाइ भए पनि सौर्य एयरलाइन्सले पोखरा विमानस्थलमा पहिलो आईएफआर उडान सफलतापूर्वक सम्पन्न गरेको छ।

यसअघि बुद्धले फागुन २५ गते रात्रिकालीन उडानका लागि अनुमति लिएको थियो । त्योभन्दा अघि नै सौर्य एअरलाइन्सले बुधबार सफल रात्रिकालीन उडान गरेको हो।