केन्द्रीय सुरक्षा समितिले यस्ता निर्णय गर्यो
काठमाडौं । हिजो साउन १० गते सिंहदरबार स्थित गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रिय सुरक्षा समितिको बैठकले ४ बुँदे निर्णय गरेको छ ।
केन्द्रीय सुरक्षा समितिको बैठकले कोभिड तेस्रो लहर बढ्ने सम्भावना उच्च र यसलाई रोकथाम तथा नियन्त्रण गर्ने निर्णय गरेको छ । त्यस्तै जनताको स्वास्थ सम्बन्धि स्वास्थ्य सामग्रीलाई सहज व्यवस्थापन तथा कालोबजारीलाई नियन्त्रण गर्ने निर्णय समेत गरेको छ ।
बैठकले बाढी,पहिरो र डुबानमा परेका समुदायहरुलाई राहत,उद्दार र नियन्त्रण, स्वास्थ्य तथा खाद्य सामग्री सहजीकरण गर्न हेलीक्रोप्टर व्यवस्थापन गर्नेसमेत निर्णय गरेको छ ।
पछिल्लो समय साइबर क्राइमका घटना बढिरहेकाले त्यसलाई मध्यनजर गर्दै नियन्त्रण तथा व्यवस्थापन गर्नेसमेत केन्द्रीय सुरक्षा समितिको बैठकको निर्णय छ । समितिले गरेको निर्णयमा साइबर क्राइम बढेको र व्यवस्थापन एवं नियन्त्रण गर्नेुपर्ने उल्लेख गरिएको सुरक्षा स्रोतबाट बुझिन आएको छ ।
उक्त बैठकमा गृह सचिव महेश्वर न्यौपाने ,नेपाली सेनाका रथी प्रभुराम शर्मा ,प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्री ,सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल ,राष्ट्रिय अनुसन्धान बिभाग मुख्य अनुसन्धान निर्देशक गणेश प्रसाद अधिकारी, रक्षा मन्त्रालयका (सहसचिव कामु सचिव) आलोकचन्द्र श्रेष्ठ , गृह मन्त्रालयका सहसचिव प्रवक्ता फणीन्द्रमणि पोखरेल लगायत ७/८ जना उपस्थित रहेको रहेको गृह मन्त्री खाँणको सचिवालयले जनाएको छ।
वि.सं.२०७८ साउन ११ १४:१८




















