back
stc
prabhu insurance

पुष्पलाल (मध्यपहाडी) राजमार्ग निर्माणमा भ्रष्टाचार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुष्पलाल (मध्यपहाडी) राजमार्ग निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै तत्कालीन योजना प्रमुख सहित पाँच जना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

तत्कालीन योजना प्रमुख विजय चापागाई, तत्कालीन इन्जिनियर दिपककुमार खड्का, तत्कालीन सवइन्जिनियर गजेन्द्रप्रसाद राउत, तत्कालीन लेखा अधिकृत दुर्णप्रसाद फुँयाल र निर्माण कम्पनी महादेव खिम्ती निर्माण सेवा प्रालिका प्रवन्ध निर्देशक रवि सिंह विरुद्ध मुद्दा दायर गरिएको छ।