back
prabhu insurance
himalayanlife

कायममुकायम प्रधानसेनापतिमा शर्मा

काठमाडौं । साउन १ गतेदेखि चार कमान्डमा गएको नेपाली सेनाको भावी प्रधानसेनापतिमा प्रभुराम शर्मा हुने भएका छन।

उनलाई सरकारले आजबाट कायममुकायम प्रधानमन्त्रीको जिम्मेवारी सुम्पिएको छ। केही दिन अधि राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई आजबाट लागू हुने गरि कायममुकायम प्रधानसेनापति नियुक्त गरेकी थिइन्।

शर्माले आज साउन २५ गतेदेखि औपचारिक रुपमा सेनाको कमान्ड सम्हालेछन्। सैनिक परम्परा अनुसार प्रधानसेनापति पूर्णचन्द्र थापा तीन बर्षे कार्यकालको अन्तिम एक महिनाअधि विदामा बस्नेछन्।

थापा साउन २५ गतेदेखि विदामा बसेकाले रथी शर्मा आजबाट औपचारिक रुपमा कामु प्रधानसेनापतिमा नियुक्त भएका छन्। उनी एक महिना प्रधानसेनापति भएर आगामी भदौं २५ गतेदेखि नेपाली सेनाको ४४ औं प्रधानसेनापति महारथी हुनेछन्।

आफ्नो कार्यकालको हजार दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गरी प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनामा सुधारका काम आफ्नो कार्यकालमा नभएका कार्य अर्का प्रधानसेनापतिले गर्ने बताएका थिए । नेपाली सेनामा भावी प्रधानसेनापति पहिला नै तय हुने परम्परा रहदै आएको छ।

हाल रथी रहेका शर्मा काठमाडौंको नागार्जुन नगरपालिका वडा नं ४ सितापाइलाको लाम्थुम्कीका स्थायी बासिन्दा हुन् । सामूहिक नेतृत्वप्रति विश्वास राख्ने शर्मा इतिहासका ज्ञाता हुन्।

उनले त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर गरेका छन् भने भारतबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) को तालिम र अमेरिकामा पनि सैन्य शिक्षा हासिल गरेका छन्।

शर्मा युद्ध कार्यका लागि अब्बल अधिकारी मानिन्छन्। शर्माले सैनिक कमान्डको जिम्मा लिनुअघि नै सम्पत्ति विवरण सार्वजनिक गरिसकेका छन्।

शर्माको नागार्जुन नगरपालिका वडा नं ४ लाम्थुम्कीमा आमा सुभद्रा पौडेलको नाममा ६ आना क्षेत्रफलमा साढे २ तले घर रहेको छ।

आमा सुभद्रा पौडेल कै नाममा शर्माको नागार्जुन नगरपालिका वडा नं ४ मा ८.५ आना र वडा नं ६ मा चार रोपनी जग्गा रहेको छ। शर्माकी श्रीमती सुनिता शर्माको नाममा ललितपुर महानगरपालिका –१५ मा आठ आना जग्गा रहेको छ, जुन त्यो समयमा २० लाख रुपैयाँमा खरिद गरिएको हो।

शर्मासँग १३.५ तोला सुन र २० तोला चाँदी रहेको नेपाली सेनाको अभिलेखमा उल्लेख छ। शर्मासँग राष्ट्रिय बाणिज्य बैंक विशालबजार शाखामा १९ लाख र नबिल बैंक बानेश्वरमा ४७ हजार अमेरिकी डलर रहेको उल्लेख छ । .

हालका प्रधानसेनापति थापाले २०७८ भदौ २४ मा अनिवार्य अवकास पाएसँगै शर्मा उनको ठाउँमा नेपाली सेनाको प्रधानसेनापति बन्ने छन्।

नेपाली सेनाको युद्धकार्य महानिर्देशकको समेत जिम्मेवारी सम्हालिसकेका रथी शर्माले यसअघि सेनाको बलाध्यक्ष र बलाधिकृत दुबै विभागको प्रमुख भएर काम गरेका छन् ।

शर्माको रथीको दुई वर्षे पदावधी २०७८ पुष सम्म कायम रहेकोमा सरकारले पुषमा थप एक वर्ष पदावधि थपेको थियो। सेनामा दुई जना रथीको दरबन्दी रहेको छ । एकजना विदेशमा रहेकाले उनको बलाध्यक्षको जिम्मेवारी समेत शर्माले सम्हाल्दै आएका थिए।