back
prabhu insurance
himalayanlife

AP1 टेलिभिजनद्वारा विश्व कीर्तिमान् वल्र्ड बुक रेकडर्समा सम्मिलित

काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथाको आधार शिविर (५५५० मिटर) क्षेत्रमा AP1 टेलिभिजनबाट प्रसारण हुने चर्चित कार्यक्रम तमसोमा ज्योतिर्गमयको छायांकन गरि वल्र्ड बुक अफ रेकडर्समा नाम राख्न सफल भएकोमा AP1 टेलिभिजन परिवार (अन्नपूर्ण नेटवर्क मिडियाका कार्यकारी अध्यक्ष क्या. रामेश्वर थापा, कार्यकारी उपाध्यक्ष राजेन्द्र शाक्य, निर्देशक सचन थापा, अपरेशन्स निर्देशक सुरेश पौडेल र प्रमुख सम्पादक टिकाराम यात्री) सहितको टोलिलाई विश्व कीर्तिमानको प्रमाणपत्र हस्तान्तरण गर्दै वल्र्ड बुक अफ रेकडर्स् नेपालका अध्यक्ष  सागर कटवाल साथमा वरिष्ठ कलाकार हिपहप किङ्ग निर्णय श्रेष्ठ, विश्व कीर्तिमानी एवं वल्र्ड रेकर्डस होल्डर्स एण्ड एक्चीभर्स एसोसियसनका अध्यक्ष हरि गोपाल प्रधान एवं कलाकार अजय अधिकारी “सुशिल” को उपस्थितिमा सो सम्मान पत्र हस्तान्तरण गरिएको थियो ।