back
prabhu insurance
himalayanlife

लायन्सक्लव सम्बृद्धिद्धारा रक्तदान

पोखरा । लायन्स अभियान खुसीका लागि सेवाका साथ लायन्स क्लव पोखरा सम्वृद्धिले रक्तदान गरेको छ । नियमिति रुपमा हुँदै आएको रक्तदान ६८ औं पटक रक्तदान गर्ने रेडियो सराङकोटका कार्यकारी निर्देशक कृष्ण थापा, शुभकामना महिला विकास केन्द्रका संस्थापक अध्यक्ष तीर्थ श्रेष्ठलाई व्लड व्याग दिई कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

कार्यक्रममा लायन्स लिडरसिप एकेडेमी प्रमुख सुचित्रा थापाले लायन्स अभियान समाजिक कार्यकोलागि समर्पित भएको वताइन् ।

रक्तसंचार केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले रक्तदान कार्यक्रमवाट प्राप्त हुने रगतलाई प्राविधिक परीक्षणको लागि न्युनतम शुल्कका कारण रगत किन्नु पर्ने वाध्यता रहेकोले प्रदेश सरकारले सहयोग गरेमा सो रगत निशुल्क रुपमा प्रदान गर्न सकिने वताए ।

नेपाल स्वयंसेवी रक्तदाता समूहका अध्यक्ष जितेनद्रमान शाक्यले रक्तदानको माध्यमले स्वास्थ्य सेवा र खेलकूदको अनुभव राखेका थिए ।

क्लवका अध्यक्ष रजनी श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा लायन्स सर्भिस सेवा अभियान प्रमुख, मदन मुल्मी, लायन्स रक्तदान कार्यक्रम प्रमुख महेश पौडेल, लायन्स डिष्ट्रिक विभाग प्रमुख राधिका थापा, पूर्व अध्यक्ष कुष्मा राणा, रिजन प्रमुख सन्तोष घिमिरे, रेडियो सराङकोटका व्यवस्थापक योगेन्द्र श्रेष्ठ, सिद्यार्थ क्लवका अध्यक्ष पार्वती माकाजू, सचिव प्रमीला जोशी, कार्यक्रम संयोजक सरिता महर्जन लगायतले आ आफ्नो धारणा राखेका थिए ।