ग्लोबल आइएमई बैंकको तीज क्यासब्याक योजना
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कुशे औँसी तथा हरितालिका तीजको अवसरमा आफ्ना ग्राहकवर्गलाई लक्षित गरी विशेष क्यास ब्याक योजना सार्वजनिक गरेको छ ।
मोबाइल बैंकिङ्ग एप्लिकेशन, क्यूआर पेमेन्ट एव्म डेबिट तथा क्रेडिट कार्डको प्रयोगलाई बढावा दिनका लागि बैंकले यो क्यासब्याक योजना सार्वजनिक गरेको हो ।
यस क्यास ब्याक योजना अन्तर्गत भाद्र २१ र कुशे औँशीको दिन २२ गते बुबाको लागि कुनै पनि उपहारको खरिदमा “GIFT TO FATHER” लेखी क्यूआर कोड मार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत रु ३०० सम्म) क्यासब्याक पाइने छ ।
यसैगरी भाद्र २३ गते फुडमान्डुबाट खानेकुरा अर्डर गर्दा ग्लोबल आइएमई बैंकको डेबिट/क्रेडिट कार्डको प्रयोग गरी अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशत रु ५०० सम्म) क्यासब्याक फिर्ता पाइने छ ।
क्यास ब्याक योजनालाई तीज विशेष बनाउन बैैंकले महिलाहरुलाई ग्राह्यता दिने भएको छ । ग्लोबल आइएमई बैंकमा “नारी बचत” तथा “नारी शक्ति बचत” खाता रहेका महिलाहरुले डेबिट कार्डको प्रयोग गरी POS/ECOM मार्फत रु ३,००० वा सो भन्दा बढिको भुक्तानीमा रु ३०० क्यासब्याक फिर्ता पाउनु हुनेछ ।
महिला ग्राहकलाई लक्षित यो योजना भाद्र १६ देखि ३१ गते सम्म चल्नेछ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।
वि.सं.२०७८ भदौ १४ ०६:१५



















