back
prabhu insurance
himalayanlife

पोखरामा देखिएको रगत अभावलाई मध्यनजर गर्दै जन्मदिनसंगै रक्तदान अभियान

पोखरा । पोखरा ९ निवासी अमिषा मानन्धरले आफ्नो जन्मदिनको शुभारम्भ संगै रक्तदान कार्यक्रम गरेकी छन् । पोखरामा देखिएको रगत अभावलाई मध्यनजर गर्दै रत्तसंञ्चार केन्द्रको आह्वानमा आकस्मिक रक्तदान समुहको संचालनमा भएको रत्तदानमा ३६ जनाले रक्तदान गरेका छन् ।

अविरल बर्षाको बिचमा भएको रक्तदानको पहिलो रत्तदाता अमिषा मानन्धर, खड्कसिहं क्षत्रीलाई बलट ब्याग हस्तान्तरण गदै ब्रम्हाकुमारी ईश्वरी विश्वविद्यालयका महासचिव शैलेस राज बास्तोलाले मानवीय कार्यमा रक्तदान को महत्व भएकाले जन्मदिन संगै भएको कार्य महत्वपूर्ण रहेको बताए ।

रत्तदान अभियानमा संघसस्थाहरु द्धारा नियमित रत्तदान कार्यक्रमहरु भएता पनि १७ बर्ष को सुरुवात संगै रक्तदान गरीनु स्वास्थ्य सेवाको नमुना योग्य कार्य रहेको रक्तसंञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले बताए ।

कार्यक्रममा आज जन्मदिन रहेका ६८ औं पटक रत्तदान गर्ने रेडियो सराङ्गकोटका कार्यकारी निर्देशक कृष्ण थापा , ७३ औ पटक रत्तदान गर्ने लक्ष्मण गुरुङ्गलाई सम्मान गरिएको थियो ।

आकस्मिक रक्तदान समुहका संयोजक नेत्र ढकालको सभापतित्वमा भएको कार्यक्रममा रक्तदान अभियानका व्यवस्थापक सुरेन्द्र श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मानकाजी माकाजु, समुहका संह संयोजक कृष्ण मानन्धर, महिला समितिका संयोजक रन्जना मानन्धर लगायतले आ आफ्नो भनाई राखेका थिए ।

रत्तदानमा सहभागिताको रुपमा पहिलो पटक रक्तदान गर्ने युवाहरुको उल्लेखीय सहभागीता रहेको थियो । सो अवसरमा रक्तदानलाई नियमित गर्ने र आफु जस्तै रक्तदानमा युवाहरु लाई सहभागिता गराउन सकृय रहने अमिषा मानन्धर बताइन ।