back
prabhu insurance
himalayanlife

आइएमई पे एपबाट क्यु आर स्क्यान गर्दा रु. १००० जित्न सकिने

काठमाडौँ । ‘एप एक क्यु आर अनेक’ भन्ने मूल नारा का साथ अब आइएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्यु आर स्क्यान गर्दा रू.१ हजारसम्म जित्न सक्ने योजना सार्वजनिक गरिएको छ ।

उक्त योजना १६ भाद्र देखि १४ असोज २०७८ सम्म लागु हुनेछ । नेपालमा उपलब्ध फोन पे, स्मार्ट क्यु आर, युनियन पे र आइएमई पे क्यु आर सेवाग्राहीहरुले सजिलै आइएमई पे एपबाट स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् ।

सबै क्यु आर स्क्यान गरी भुक्तानी गर्न मिल्ने आइएमई पे एप एक मात्र विद्युतीय भुक्तानी सेवा प्रदायक एप हो ।

नेपालमा क्यु आर स्क्यान गरी भुक्तानी गर्ने व्यवहार बढ्दै गरेको परिप्रेक्षमा नेपाल सरकारको डिजिटल नेपाल अभियानलाई आत्मसात गरी उक्त अभियानमा सहभागी हुँदै आएको आइएमई पेको यो सेवाले डिजिटल नेपाल अभियानलाई थप बल मिल्ने विश्वास गरिएको छ ।