एएफसी महिला एसियन कप–२०२२ छनोट: हङकङसँग नेपालले आज खेल्दै
काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटको दोस्रो खेलमा नेपालले आज हङकङसँग खेल्दैछ । उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे खेल सुरु हुनेछ ।
पहिलो खेलम फिलपिन्ससँग २–१ ले पराजित भएको नेपाल आज भने हङकङविरुद्ध जित निकाल्ने योजना सहित मैदानमा उत्रनेछ । एसियन कपमा छनोट हुने सम्भावना कायम राख्न नेपालले आज हङकङलाई जित्नै पर्ने दबाब छ ।
फिलिपिन्स विरुद्धको हारसँगै नेपाल दबाबमा आएको हो । आजको खेल जिते पनि नेपालले अर्को चरणमा प्रवेश गर्न फिलिपिन्स र हङकङबीचको खेलको परिणाम कुर्नु पर्ने हुन्छ ।
समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । नेपालले यस अघि हङकङ विरुद्ध खेलेका दुबै खेलमा हार भोगेको छ ।
वि.सं.२०७८ असोज ५ ०७:०९




















