back
prabhu insurance
himalayanlife

सिभिल बैंकले संस्थापक शेयर विक्री गर्ने

काठमाडौं । सिभिल बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले शेयरको मूल्य तोकिएको छैन ।

उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रिय कार्यालय सिभिल ट्रेड सेन्टर, सुन्धारा, काठमाडौंमा आफूले खरीद गर्ने शेयरको संख्या र मूल्य खुलाइ निवेदन पेश गर्न अनुरोध गरेको छ ।

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा नियम अनुसार अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने बैंकले जनाएको छ ।