back
prabhu insurance
himalayanlife

एशियन लाईफ इन्स्योरेन्स कम्पनीको नयाँ बीमा योजना

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले ग्राहक बर्गहरुको रुचीलाई मध्यनजर गर्दे नयाँ जीवन बीमा योजना “सुनिश्चित आय (परिवार आय लाभ ) जीवन बीमा योजना” को शुभारम्भ गरेको छ । कम्पनीले प्रधान कार्यालयमा उक्त योजनालाई सार्वजनिक गरेको हो ।

कार्यक्रममा कम्पनीका संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठ, कम्पनीका संचालकहरु सुरेन्द्र कुमार गोयल, सजल मास्के, निष्ठा प्रधानाङ्ग, अच्यूत राज सापकोटा, कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ, का.मु. नायब प्रमुख कार्यकारी अधिकृत मुरारी राज हुमागाईं लगायतको उपस्थिति थियो ।

यस बीमा योजनाको मूख्य बिशेषता परिवारको एकजना अभिभावकको आम्दानीमा निर्भर हुने परिवारको भविष्यमा आइपर्न सक्ने पैसाको खाँचोलाई सहजरुपमा व्यवस्थापन गर्ने उद्देश्यले एशियन लाईफ इन्स्योरेन्स कंम्पनी लिमिटेडले “सुनिश्चित आय (परिवार आय लाभ) जीवन बीमा योजना” संचालनमा ल्याएको हो ।

मुनाफामा सरिक नहुने यस जीवन बीमा योजनामा बीमितले अतिरिक्त बीमाशुल्क भुक्तानी गरेर अतिरिक्त लाभहरु जस्तैः दुर्घटना मृत्यु लाभ (ADB), स्थायी अपाङ्गरअशक्त सुविधा (PTD)  र बीमाशुल्क छुट सुबिधा (PWB) थप गर्न सकिने व्यवस्था रहेको छ ।

१८ वर्षदेखि ५३ वर्ष उमेर सम्मको व्यक्तिले सहभागी हुनसक्ने यो जीवन बीमा योजनाको अवधि २४ वर्षसम्म भएतापनि बीमितले शुरुको १२ वर्षसम्म मात्र बीमाशुल्क भुक्तानी गर्नुपर्छ । न्यूनतम वार्षिक बीमाशुल्क रु.२५,००० देखि माथि बीमितको आर्थिक अवस्थाको आधारमा जति सुकै रकमको बीमाशुल्क भुक्तानी गरी बीमा गर्न सकिनेछ ।

यस कम्पनीको चुक्ता पुँजी २ अर्व रुपैयाँ भन्दा माथि रहेको छ । कम्पनीको जीवन बीमा कोष २६ अर्व ४८ करोड रुपैयाँ भन्दा बढी रहेको छ ।

साथै यस कम्पनीले ४२ वटा शाखा र १०६ वटा उपशाखा मार्फत सेवाग्राहीहरुलाई बीमा सेवा प्रदान गर्दै आईरहेको छ भने ग्राहक वर्गहरुको चाहनालाई ध्यानमा राख्दै भविष्यमा अन्य बीमा योजनाहरु समेत ल्याउने योजना रहेको छ । हाल सम्म कम्पनीले २३ वटा बीमालेखहरु बिक्रिमा ल्याईसकेको छ ।