सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज
काठमाडौं । सिटिजन्स बैंकले वार्षिक साधारण सभा प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ । पन्ध्रौं वार्षिक साधारण सभा गर्न शुक्रबार असोज २२ गते बुक क्लोज हुँदैछ । तर बिहीबार घटस्थापनाका कारण सरकारी विदा परेकाले सेयर बजार खुल्दैन ।
यस आधारमा सिटिन्जसको लाभांंश हात पार्न आज बुधबार असोज २० गतेभित्रै सेयरधनी बनिसक्नु पर्नेछ । सिटिजन्सले सभामा आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट सेयरधनीलाई १२.९१ प्रतिशत बोनस सेयर र ३.०८ प्रतिशत नगद गरी कुल १६प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्नेछ । बैंकले वार्षिक साधारण सभाको मिति भने तय गरिसकेको छैन ।
वि.सं.२०७८ असोज २० ०९:३३




















