back
prabhu insurance
himalayanlife

आफ्ना ग्राहकलाई दक्षिणा बाँड्दै ग्लोबल आईएमई बैंक

काठमाडौं ।‌ आफ्नो मोबाइल बैंकिङ सुविधा प्रयोगकर्ता ग्राहकलाई ग्लोबल आइएमई बैंकले दशैंमा दक्षिणा दिने भएको छ।

बडा दशैंको टीकाको दिन असोज २९ गते शुक्रबार बिहान १० बजेदेखि १ बजेभित्रमा मोबाइल बैंकिङ मार्फत् दक्षिणा दिने ग्राहकलाई दक्षिणा वापत ५० रुपैयाँ फिर्ता दिने भएको हो। बैंकबाट दक्षिणा प्राप्त गर्न ग्राहकले एप्स मार्फत दक्षिणा दिंदा मोबाइल बैंकिङ एप्समा ‘दशैं दक्षिणा’ उल्लेख गर्नु पर्नेछ।