back
prabhu insurance
himalayanlife

गणपति लघुवित्तद्वारा २० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/०७८ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको गत बुधबार बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजी १२ करोड ७३ लाख ५६ हजार ७५० रुपैयाँको कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको जनाएको छ।

प्रस्तावित लाभांशमा १९ प्रतिशतले हुन आउने २ करोड ४१ लाख ९७ हजार ७८२।५० रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशतले हुन आउने १२ लाख ७३ हजार ५६७।५० रुपैयाँ बराबरको नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी पाँचौं वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।