back
stc
prabhu insurance

विश्वका १० उत्कृष्ट पर्यटकीय गन्तव्यभित्र नेपाल

काठमाडौं। कोरोना महामारीका कारण नेपालको पर्यटन व्यवसाय संकटमा परिरहेको आगामी वर्ष सन् २०२२ मा घुम्नैपर्ने १० उत्कृष्ट मुलुकको सूचीमा नेपाल पनि परेको छ।

ट्राभल गाइडबुक लोन्ली प्लानेटले विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्यहरुको सूचीमा नेपाललाई आठौं स्थानमा राखेको छ। सूचीको पहिलो स्थानमा कुक आइल्यान्ड छ।

यसैगरी लोन्ली प्लानेटले उत्कृष्ट पर्यटकी गन्तव्यहरुको सूचीको दोस्रो स्थानमा नर्वे र तेस्रो स्थानमा मोरिससलाई राखेको छ।
यो सूचीको चौथो स्थानमा बेलिज, पाँचौं स्थानमा स्लोभानिया र छैटौं स्थानमा एंगुइला रहेको छ।

विश्वकै उत्कृष्ट पर्यटकी गन्तव्यहरुको सूचीको सातौंमा ओमान, आठौमा नेपाल , नवौंमा मलावी र दसौं स्थानमा इजिप्टलाई समावेश गरिएको छ।

लोन्ली प्लानेटले हरेक वर्ष विश्वका पर्यटकीय गन्तव्यका बारेमा जानकारी दिन गर्छ। नेपाल उत्कृष्ट पर्यटकीय १० गन्तव्यको सूचीभित्र पर्नुले यहाँको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अनुमान गरिएको छ।