back
stc
prabhu insurance

ज्योति विकास बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं । ज्योति विकास बैंक लि।को ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। बैंकको ‘९ प्रतिशत ज्योति विकास बैंक बन्ड २०८७’ नेप्सेमा सूचीकृत भएको हो।

यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल १५ लाख इकाइ सूचीकृत भएको छ। यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज पाउँछन् । ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ। यो ऋणपत्र २०८७ सालमा परिपक्व हुने जनाइएको छ।