सिभिल लघुवित्तको नाफा १ करोड ५५ लाख ७७ हजार रुपैयाँ पुगे
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सिभिल लघुवित्तको खुद नाफा २८२.८२ प्रतिशत ले बढेर १ करोड ५५ लाख ७७ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको यसै अवधिमा यसले ४० लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले खुद नाफा बढ्न सहयोग पुगेको हो ।
खुद ब्याज आम्दानी १२०.३८ प्रतिशतले बढेर ५ करोड २१ लाख ८० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २ करोड ३६ लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो ।
यता, सञ्चालन नाफा २४३.६५ प्रतिशतले बढेर २ करोड १९ लाख ७३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले ६३ लाख ९४ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।
असोज मसान्तसम्म आइपुग्दा सिभिलको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ७७ पैसाले बढेर २५ रुपैयाँ ७३ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ २० पैसा छ ।
वि.सं.२०७८ कात्तिक १७ ०९:२८




















