back
stc
prabhu insurance

कार्तिक ३० गतेबाट आरम्भ र देउराली लघुवित्तको एकीकृत कारोवार हुने 

काठमाडौं । प्राप्ति प्रक्रिया पूरा गरेका आरम्भ चौतारी र देउराली लघुवित्तको एकीकृत कारोबार कात्तिक ३० गतेदेखि हुने भएको छ। एकीकृत कारोबार आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट हुनेछ। संस्थाको रजिस्टर्ड कार्यालय काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा रहने भएको छ।

आरम्भ चौतारीले देउराली लघुवित्तलाई प्राप्ति गर्ने अन्तिम सम्झौता गत २०७७ चैत ९ गते भएको थियो। त्यसपछि दुवै संस्थाको २०७७ चैत ३१ गतेसम्म वार्षिक साधारणसभाले प्राप्ति प्रक्रियालाई अनुमोदन गरेको थियो।

नेपाल राष्ट्र बैंकले पनि आरम्भ चौतारीले देउराली लघुवित्तलाई प्राप्ति गर्ने प्रक्रियालाई गत २०७८ कात्तिक १ गते अन्तिम स्वीकृति दिएको थियो।