back
stc
prabhu insurance

अप्पर तामाकोशीको नाफा रु. ८६ करोड

काठमाडौं । पूर्ण क्षमतामा सञ्चालनमा आएसँगै अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले पहिलो पटक नाफा आर्जन गरेको जनाएको छ । आज सार्वजनिक चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिकृष्त वित्तीय विवरण अनुसार यो कम्पनीले समीक्षा अवधिमा ८६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

गत वर्ष यही अवधिमा कम्पनीले १ करोड ७८ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १ अर्ब ७२ करोड रुपैयाँ आम्दानी गरेको छ। अन्य स्रोतको आम्दानी ६९ हजार रुपैयाँ बढी रहेको जनाएको छ।

चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन अर्निङ भने २० करोड ८ लाख रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष यही अवधिमा कम्पनीको रिटेन अर्निङ ७१ करोड ९३ लाख रुपैयाँले ऋणात्मक रहेको थियो।

समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ३२.४८ रुपैयाँ पुगेको छ। गत वर्ष ईपीएस ०.६७ रुपैयाँले ऋणात्मक थियो। पीई रेसियो २१.५२ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ९८.१० रुपैयाँ रहेको कम्पनीले जनाएको छ।