back
stc
prabhu insurance

माउन्टेन हाइड्रोको नाफा ४६.०५ प्रतिशत

काठमाडौं । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको जनाएको छ ।

वित्तीय विवरण अनुसार यो कम्पनीले समीक्षा अवधिमा ११ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन वर्षको यही अवधिको तुलनामा ४६.०५ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यो अवधिमा कम्पनीले २३ करोड ४२ लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले २२ करोड ९३ लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा १८ करोड ५७ लाख रुपैयाँ रहेको छ । गत वर्ष यही अवधिमा यस्तो मुनाफा १८ करोड २८ लाख रुपैयाँ रहेको थियो।

चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ २ करोड १९ लाख रुपैयाँले ऋणात्मक रहेको छ । गत वर्ष पनि रिजर्भ ७ करोड ७९ लाख रुपैयाँ ऋणात्मक थियो।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ९.४८ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ३९.२२ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ९८.२४ रुपैयाँ रहेको जनाएको छ।