back
prabhu insurance
himalayanlife

नेप्सेमा मेगा म्युचुअल फन्ड–१ सूचीकृत

काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडको सामूहिक कोष योजना अन्तर्गत सञ्चालित हुने ‘मेगा म्युचुअल फन्ड–१’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । नेप्से र मेगा क्यापिटलबीच हिजो कार्तिक ३० गते यो म्युचुअल फन्डको सूचीकरण सम्झौता भएको थियो। जसअनुसार १० रुपैयाँ अकित दरका कुल १२ करोड ५० लाख इकाइ नेप्सेमा सूचीकृत भएको छ।

नेप्सेमा सूचीकृत भएसँगै अब आज मंसीर १ गतेबाट यो म्युचुअल फन्ड धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ । धितोपत्र दोस्रो बजारमा कारोबारका लागि नेप्सेले यो म्युचुअल फन्डलाई एमएएफ१ संकेत प्रदान गरेको छ। यो म्युचुअल फन्डको योजना व्यवस्थापक मेगा क्यापिटल र कोष प्रवर्द्धकमा मेगा बैंक नेपाल रहेको छ।