back
prabhu insurance
himalayanlife

आरबीबी मर्चेन्ट बैंकिङको एजीएमबाट लाभांश अनुमोदन

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित सहायक कम्पनी आरबीबी मर्चेन्ट बैंंकिङ लिमिटेडकोे छैटौँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/०७८ को लाभांश अनुमोदन गरेको जनाएको छ।

सञ्चालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी कविराज अधिकारीको अध्यक्षतामा गत मंगलबार सम्पन्न सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित १० प्रतिशत नगद लाभांशसहित वार्षिक प्रतिवेदन प्रस्ताव पारित गरेको छ।

सभाका प्रमुख अतिथि एवं बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हाल सहरी क्षेत्रमा मात्र सीमित रहेको मर्चेन्ट बैंकिङ सेवालाई ग्रामीण क्षेत्रमा समेत विस्तार गर्ने दीर्घकालीन सोचअनुरुप आफ्नो कार्यक्षेत्र विस्तार गर्दै लैजाने र दूरदराजमा रहेका जनताहरुले पनि मर्चेन्ट बैंकिङ सेवा लिन सकिने वातावरण बनाउने बताएका थिए।

मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हाल २० करोड चुक्ता पुँजी रहेको मर्चेन्ट बैंकिङले इस्यु मेनेजमेन्ट, आरटीएस, पोर्टफोलियो मेनेजमेन्ट, अन्डरराइटिङ, डिपोजेटरी पार्टिसिपेन्ट लगायतको सेवा दिइरहेको बताएका थिए।

सभामा आरबीबी मर्चेन्ट बैंंकिङका सञ्चालकहरु सरस्वती अधिकारी, देवेन्द्ररमण खनाल, पवन रेग्मी, केशब प्रसाद लम्साल, राजेन्द्रप्रसाद दाहाल, बैंकका उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, सेयरधनीका तर्फबाट प्रतिनिधि एवं बैंकका विभागीय प्रमुख विनयरमण पौडेल, बैंकका कम्पनी सचिव भोलानाथ पौडेल, कम्पनी रजिस्ट्रार कार्यालयकी सहायक रजिस्ट्रार कल्पनाकुमारी बर्तौला, बाहय लेखापरीक्षक सीए सुजन सुवेदी, आन्तरीक लेखापरीक्षक सीए एकराज सिग्देल लगायत मर्चेन्ट बैंकिङका कर्मचारीहरुकोे उपस्थिति रहेको थियो।
सभालाई कम्पनी सचिव खगेन्द्र उप्रेतीले सहजीकरण गरेका थिए।