एसियन लाइफ इन्स्योरेन्सद्वारा २७ प्रतिशत लाभांश प्रस्ताव
काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ का लागि २७ प्रतिशत लाभांश प्रस्ताव गरेको जनाएको छ।
कम्पनी सञ्चालक समितिको गत मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०७६/०७७ सम्मको सञ्चित मुनाफाबाट कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड ७ लाख ६० हजार ७२७.४० रुपैयाँको कुल २७ प्रतिशतले हुन आउने ५४ करोड २९ लाख ५ हजार ३९६.४० रुपैयाँ बराबरको लाभांश प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांशमा २५ प्रतिशतले हुन आउने ५० करोड २६ लाख ९० हजार १८१.८५ रुपैयाँ बराबरको बोनस सेयर र २ प्रतिशतले हुन आउने ४ करोड २ लाख १५ हजार २१४.५५ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) गरेको छ ।
प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने बैठकले निर्णय गरेको सो कम्पनीले जनाएको छ।
वि.सं.२०७८ मंसिर १ १२:४८




















