मेगा बैंकको लाभांशमा संशोधन
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०७७/०७८ का लागि प्रस्ताव गरेको लाभांशमा संशोधन गरेको जनाएको छ ।
बैंकको गत कात्तिक २३ गते बसेको बैंक सञ्चालक समितिले २०७८ असार ३१ गतेसम्मको सञ्चित मुनाफा र सेयर प्रिमियम कोष ९ करोड ८५ लाख २१ हजार ७९७.५६ रुपैयाँबाट हाल कायम चुक्ता पुँजी १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार ९५७.६० रुपैयाँको १२.०७ प्रतिशतले हुन आउने १ अर्ब ७६ करोड ८८ लाख ५४ हजार २७०.३८ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो।
सोही अनुसार नेपाल राष्ट्र बैंकमा मेगा बैंक नेपाल लि.ले स्वीकृतिका लागि सो प्रस्ताव पेस गरेको थियो। तर राष्ट्र बैंकले लाभांश र प्रयोजनका लागि आवश्यक नगद लाभांश पनि प्रस्ताव गर्नुपर्ने निर्देशन मेगा बैंकलाई दिएको थियो।
राष्ट्र बैंककै निर्देशनमा मेगा बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले लाभांशमा संशोधन गर्दै सेयर प्रिमियम कोष ९ करोड ८५ लाख २१ हजार ७९७.५६ रुपैयाँ र सञ्चित मुनाफा समेत हाल कायम चुक्ता पुँजी १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार ९५७.६० रुपैयाँको कुल १२.०७ प्रतिशत लाभांश प्रस्ताव गरेको जनाएको छ।
प्रस्तावित लाभांशमा १० प्रतिशतले हुन आउने १ अर्ब ४६ करोड ५४ लाख ९६ हजार ४९५.७६ रुपैयाँ बराबरको बोनस सेयर र २.०७ प्रतिशतले हुन आउने ३० करोड ३३ लाख ५७ हजार ७७४.६२ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) रहेका छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने बैंकले जनाएको छ।
वि.सं.२०७८ मंसिर १ १२:४४




















