आज अन्तिम दिन फर्स्ट माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने
काठमाडौं । आज मंसिर २ गते बिहीबार फर्स्ट माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । लाभांश प्रयोजनको लागि यसले मंसिर ५ गते आइतबार बुक क्लोज गर्दैछ ।
शुक्रबार र शनिबार सेयर कारोबार बन्द हुने भएकाले कम्पनीको लाभांश पाउन लगानीकर्ताले आजसम्म यसको सेयर खरिद गर्नुपर्छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट लागानीकर्तालाई १० प्रतिशत बोनस सेयर र कर तिर्न ०,५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइसकेको छ । फर्स्टले लाभांश प्रस्तव सहित मंसिर १६ गते वार्षिक साधारण सभा डाकेको छ । सभाबाट पारित भएपछि लाभांश वितरण हुनेछ । यसको सभा आम्रपाली ब्यांकेट भाटभटेनी, काठमाडौंमा बिहान ११ बजे बस्ने छ ।
वि.सं.२०७८ मंसिर २ ०७:४४



















