back
stc
prabhu insurance

छिमेक लघुवित्तको लाभांश घोषणा

काठमाडौं । गत वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई छिमेक लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले २७ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर सहित ३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र छिमेकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । कम्पनीले हाल कायम १ अर्ब ८३ करोड रुपैयाँ चुक्ता पुँजीमा उक्त लाभांश वितरण गर्न लागेको हो ।